भारतको चन्द्रयान-२ सम्पर्कविहीन !

शनिबार, भदौ २१, २०७६



काठमाडौं । भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि नै सम्पर्क विहिन बनेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र वैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।

Chandrayaan 2: क्या विक्रम लैंडर चंद्रमा पर दुर्घटनाग्रस्त हो गया? जानिए लैंडिंग के दौरान क्‍या-क्‍या हुआ...

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान-१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।

चन्द्रयान-२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो ।

ल्याण्डर विक्रमको ल्यान्डिङको क्रममा के भएको थियो ?

शनिबार लगभग १:३८ बजे जब ३० किलोमिटरको उचाइसँगै १,६८० मिटर प्रति सेकेन्डको रफ्तारले १,४७१ किलोग्रामको  विक्रम चन्द्रमा सतहको तर्फ उडान भरेको थियो, सब थोक ठिक थियो।

इसरोको अनुसार , ट्रेकिङ एण्ड कमाण्ड नेटवर्क केन्द्रको स्क्रिनमा देखाइएको विक्रम आफ्नो निर्धारित पथबाट थोरै अलग भयो अनि सम्पर्क टुट्यो।

जब ल्याण्डर आरामसाथ् तल झरीरेहको थियो, इसरोको अधिकारीहरू खुसि देखिन्थे ।

ल्याण्डरले सफलतापूर्वक आफ्नो रफ ब्रेकिङ चरण पार गर्यो । र समान गतिकासाथ् सतहतिर अघि बढीरहेको थियो ।

इसरो एक वैज्ञानिकले बताए, “ल्याण्डरको नियन्त्रण त्यस समय समाप्त हुन् पुग्यो जब तल झर्दै गरेको समय थ्रस्टर्सको बन्द गरिएको थियो होला ! यसैकारण दुर्घटनाग्रस्त हुन् पुग्यो होला । यसैको कारण सम्पर्क टुट्यो होला ।”

९७८ करोड भारतीय रुपैयाँ लागत लागेको चन्द्रयान-२ मिशनको सबैथोक समाप्त बहेको छैन । इसरोको एक अधिकारीले बताए, “मिशनको जम्मा पाँच प्रतिशत- ल्याण्डर विक्रम तथा प्रज्ञान रोवर – नोक्सान भएको हो । बाँकी ९५ प्रतिशत – चन्द्रयान-२ आर्बिटर अहिले पनि चन्द्रमाको सफलतापूर्वक चक्कर काटीरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उदास इसरोको वैज्ञानिकहरुसँग कुराकानी गर्दै बताए, ” तपाइँहरू साहसी हुनुहुन्छ । अझै बन्नुहोस् । तपाइँहरूले अहिलेसम्म जे हासिल गर्नुभएको छ, त्यो सानो उपलब्धि होइन ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata