प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेताहरुको चन्द्रागिरी बैठक

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु बैठकका लागि गए राती चन्द्रागिरी पुगेका छन् । बिहीबार अबेरसम्म नेकपा अध्यक्ष  समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेका हुन् । बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगायतको विषयमा पनि छलफल केन्द्रीत रहेको स्रोतको दाबी छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank