इटाभट्टा हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा तालाबन्दी

बिहिबार, पुस ३, २०७६



काठमाडौं । चन्द्रागिरी नगरपालिकाको कार्यालयमा तालबन्दी भएको छ ।  चन्द्रागिरी नगरपालिकामा भएका इटाभट्टा हटाउन माग गर्दै स्थानीयहरुले तालाबन्दी गरेका छन । वि.स.२०६२ सालमा सर्वाेच्च अदालतले दिएको स्कुल, अस्पताल नजिक र बाग्लो बस्ती नजिकका इट्टा भट्टा हटाउन माग गरेको भए पनि नगरपालिकाले केहि नगरेको भन्दै तालाबन्दी गरेको बताएका छन ।

इट्टाभट्टा तदर्थ संर्घष  समितिका संयाजक उपेन्द्र घिमिरेले नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग इटाभट्टा हटाउनका लागि वार्ता र सहमति भएको भएपनि नगरप्रशासनले मतलव नगरेको भन्दै तादाबन्दी गर्नु परेको बताएका छन । इटाभट्टाका कारण  वातावरण प्रदुषण हुनुका साथै वस्तीमा धुलो धुँवाले बस्न नसकिएको स्थानीयले आक्रोश व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments