सन २०१९ को पहिलो चन्द्र ग्रहण एशिया र अष्ट्रेलियामा नदेखिने

सोमवार, माघ ७, २०७५



एजेन्सी । सन २०१९ को पहिलो चन्द्र ग्रहण आज लाग्दैछ । जनवरी २१ तारिखमा लाग्ने चन्द्र ग्रहणलाई सुपर वल्फ ब्लड मुन नामले चिनिन्छ । यो ग्रहण कुल ३ घण्टा ३० मिनेट लाग्नेछ । सन् २०१९ पहिलो पूर्ण चन्द्र ग्रहण अष्ट्रेलिया र एशियामा भने देखिने छैन् ।

नेशनल जियोग्राफिकको रिपोर्ट अनुसार पश्चिमी गोलार्धमा यसको दर्शन गर्न सकिने छ । विशेष गरि उत्तरी,सेन्ट्रल र दक्षिण अमेरिकाको मानिसहरु सुपर वल्फ रेड मुनको सबै चरण देख्न पाउने भएका छन् ।

पहिलो चरणमा चन्द्रमामा खासै अन्तर देखिने छैन् । दोस्रो चरणमा आंशिक ग्रहण देखिने छ । त्यसको करिब ९० मिनेट पछि चन्द्रमा पूरै रातो देखिने वैज्ञानिकहरुले जनाएका छन् ।  मौसम सफा रहेको खण्डमा अत्यन्त अद्भुत देखिने रातो चन्द्रग्रहण हेर्न दक्षिण अमेरिकीहरु उत्सुक देखिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata