“”

स्वदेशी उत्पादनको वृद्धिमा जोड दिनुपर्छः ढकाल

बिहिबार, पुस २७, २०७४



पोखरा, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले स्वदेशी उत्पादनमा जोड दिएका हुन् ।

प्रदेश नं. ४ श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै ढकालले सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको निजी क्षेत्र तयार रहेको जनाए । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित भएको समते बताए ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank