स्वर्गीय चन्द्रबहादुर गुरुङको स्मृति सभा सम्पन्न

सोमवार, अशोज २९, २०७५



काठमाडौं । तात्कालिक राप्रपा नेपालका महामन्त्री एबं पुर्ब सांसद स्वर्गीय चन्द्रबहादुर गुरुङको स्मृति सभा सम्पन्न भएको छ । स्मृति सभामा बोल्ने विभिन्न नेताहरुले स्वर्गीय चन्द्रबहादुर गुरुङको ब्यक्तित्व माथी चर्चा गरे ।

पुर्ब सभामुख तथा नेकपा संसदिय दलका उप- नेता सुबासचन्द्र नेम्वाङले मुलुक सबै भन्दा माथी हुने हुँदा देशको राष्ट्रियता र स्वाधिनताको रक्षाका निमित्त सम्पुर्ण शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड दिए । राजनैतिक रुपमा सिद्धान्त र बिचारमा फरकमत रहेता पनि हामिले राष्ट्रिय अखण्डताको निमित्त सबैको एक मत हुने अबस्थाको सिर्जना गराउनु पर्ने नत्र पराईले खेल्ने मौका पाउने भएकाले त्यस तर्फ सजग हुनुपर्ने बिचार ब्यक्त गरे ।

chandra1

घर झगडा गरेर हामिले छिमेकीलाई खेल्न दिनुहुन्न, आफ्नो थैलिको मुख कस्ले अरुलाई चोर दोष नलाउने तर्फ बुद्धि पुर्याउनुपर्छ नेम्वाङले थपे । कार्यक्रममा बोल्दै प्रतीष्ठानका अध्यक्ष तथा राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रबादी शक्तीहरु एकै ठाउँमा आउनुपर्नेमा जोड दिए । थापाले मुलुकमा आईपरेको संकटको समाधानको निमित्त बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आबश्यकता रहेकोले विभिन्न चिरामा बिभक्त राप्रपालाई कहिल्यै नफुट्नेगरी एकै ठाँउमा ल्याउने प्रयास भइरहेको समेत बताए ।

थापाले भने दशै अगाडि नै सुखद समाचार दिने प्रयास थियो, तर ढिलो भए पनि झन राम्रो हुनेमा म बिश्वस्त छु, आशा छ चाडैं नै एकता हुन सक्छ । म सकारात्मक छु । थापाले चन्द्रबहादुर गुरुङको देहबासनले अपुरणिय क्षति भएको भन्दै उनको आफुलाई सधै अभाव खड्किरहने बताए । अर्का बक्ता सिपि मैनालीले गुरुङ राष्ट्रवादी ब्यक्ती भएको चर्चा गर्दै मुलुकमा निषेधको राजनीति भए त्यो दुर्भाग्यपूर्ण हुने बिचार ब्यक्त गरे । मौनालिले देशभक्तहरुको मोर्चाबन्दिको आवस्यकतामा जोड दिए ।

राप्रपा राष्ट्रबादीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले राप्रपा फुटको कारण नखोजी अब एकजुट हुनेतर्फ लाग्दा सबैको भलो हुने बिचार ब्यक्त गरे । अब हामिले राप्रपा बिच भावनात्मक एकता गरौ लोहनिले भने । कार्यक्रममा उद्धब पौडेल ,स्वर्गीय गुरुङकि धर्मपत्नी मिनु गुरुङ ,प्रतिष्ठानका सदस्य एबं राप्रपा नेता राजाराम बर्तौला लगायतले बोलेका थिए । सो अबसरमा चन्द्रबहादुर गुरुङ  सम्झनाका डोबहरु नामक स्मारिका पनि बिमोचन गरिएको थियो । स्मारिका गुरुङको स्मृतिमा स्थापित चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठानले प्रकाशित गरेको हो ।

686 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank