बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठ विजयी

बिहिबार, चैत्र २१, २०७५



काठमाडौं। नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएका छन् ।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका हुन्  भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन्

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank