चन्दननाथको मुख्यमूर्ति तीन वर्षपछि खेतको आलीमा भेटियो

सोमवार, माघ ६, २०७६



काठमाडौं । जुम्लाको प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि भेटिएको छ । चोरी भएको भनिएको १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा फेला परेको हो ।

स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए । वि‍.स‍.०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो ।

मूर्ति चोरी भएपछि प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी)ले छानबीन समिति बनाएपनि मूर्ति फेला पर्न सकेको थिएन । मूर्ति फेला परेसँगै प्रहरीले मुचुल्का उठाएकाे छ । साथै स्थानियले बाजागाजा सहित मन्दिरमा राखेका  छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments