मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट खेलाडी!

शुक्रबार, भदौ १३, २०७६



एजेन्सी । नेदरल्यान्ड तथा लिभरपुल डिफेन्डर भर्जील भान डिजिक (भाइन डाइक)ले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए (Union of European Football Associations), वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

लिभरपुललाई गत वर्षको च्याम्पियन्स लिगको उपाधी जिताउनका लागि महत्वपूर्ण भूमिका खेलेका भान डाइकले पहिलो पटक यो उपाधि जितेका हुन् । यो उपाधि जित्ने उनी पहिलो डिफेन्डर पनि हुन् ।

 

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

सन् २०११ देखि शुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । सन् २०१२ मा आन्द्रेस इनिएस्टा, २०१३ मा फ्र्यांक रिबेरी र २०१८ मा लुका मोड्रिकले अवार्ड जितेका थिए । त्यसबाहेकका वर्षमा रोनाल्डो या मेस्सीले जितेका थिए । लगातार दुई वर्ष रोनाल्डो या मेस्सीले अवार्ड नजितेको यो पहिलो पटक हो ।

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी:

४. एलिसन बेकर
५. साडियो माने
६. मोहमद सलाह
७. इडेन हाजार्ड
८. म्याथिस डे लिग्ट
९. फ्रानकी डे जोङ
१०. रहिम स्टरलिङ

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata