कृषिमन्त्री खनाललाई डेंगू भेटियो

बिहिबार, भदौ १९, २०७६



काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगूको संक्रमण भएको भेटिएको छ ।
मन्त्री खनाल गत शुक्रबार हेटौंडाबाट फर्किने क्रममा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाललाई डेंगु भएको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो । रगत परिक्षण पश्चात उनमा डेंगुको संक्रमण फेला परेको चिकित्सकले जनाएका छन ।

 डेंगूको संक्रमण भएको पुष्टि भएसँगै उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको मन्त्री खनाललको सचिवालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata