चाकडियाहरुले धमिल्याए प्रहरी

मङ्लबार, पुस २२, २०७६



जागिर खान मन छैन भन्नु भन्दा पर्याप्त तलब छैन,
थाहा छ मलाई छोरा छोरीको फी तिर्न पुग्ने तलब छैन ।

दिन दिनै जागिरबाट राजीनामा जानेको लर्को छरे
स्वाहा छ जागिर कसै-कसैलाई खान पुग्ने तलब छैन ।

उचनिचा पहाड हुँदै समथल तराईमा डिउटी छरे
कतार हिँड्छु भिसामा परिवार पाल्न पुग्ने तलब छैन ।

निदाउन पल्केका ती घुसियाहरु लुक्दैछन् कता-कता
बदनाम हुँदैछ प्रहरी ठुला बडा कसैलाई मतलब छैन ।

सपनाका महल बोकी आएका ती दिनहरू हराएर गए
साहु आउँछ बिल बोकी व्याज तिर्न पुग्ने तलब छैन ।

चिसो यो हिउँदको विचलित छिन् घरमा बुढी आमा
थाहा छ मलाई एकसरो लुगा किन्न पुग्ने तलब छैन ।

– उमेश अवस्थी(आदर्श)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments