भारत बन्दको घोषणा, २८ करोड मानिस हडतालमा

बुधबार, पुस २३, २०७६



एजेन्सी । आज भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन् ।  केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा गरिने भनिएको हडतालमा करिब २५ देखि २८  करोड मानिस सामेल हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ ।

ट्रेड युनियनको मागमा बेरोजगारी, न्यूनतम मजदूरी तय गर्नुपर्ने र सामाजिक सुरक्षा हुनुपर्नेलगायत छन् ।  न्यूनतम मजदुरी २१ हजार रुपैयाँ प्रतिमहिना तय गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments