२१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो ।

यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो । कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ ।  श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ । नागरिकबाट

60 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank