नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुग्याे

शुक्रबार, असार १२, २०७७



काठमाडौं । नेपालको जनसंख्या तीन करोड नाघेको छ । नेपालको कुल जनसंख्या  ३ करोड ६३४ पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या अनुसार नेपालको कुल जनसंख्या ३ करोड ६३४ भएको जनाइएको छ ।

जन्म मृत्यु र बसाईसराईका आधारमा नेपालको जनसंख्या निर्धारण गर्ने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । ‘अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘बसाईसराई, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारबाट हुँदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments