आज कानून दिवस, देश भरका सबै अदालत बन्द

बिहिबार, बैशाख २६, २०७६



काठमाडौं । आज कानून दिवस । कानुन र न्याय क्षेत्रका संलग्नहरुले बिहिबार विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु,’ प्रधानन्यायाधीश राणाको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रधानन्यायाधीश राणाको शुभकामना सन्देश

प्रधानन्यायाधीश राणाको शुभकामना सन्देश

कानून दिवस मनाउँन सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ। आज सर्वोच्च अदाललते राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतकाे उपस्थितिमा विशेष कार्यक्रमका साथ कानून दिवस मनाउँदैछ । दिवसको अवसरमा सर्वोच्च अदालत परिसरमा अपराह्न जलपान कार्यक्रम आयोजना गरिएको छ ।

नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलाई नेपालमा स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने श्रेय दिइन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata