अब साधारण सेयर आवेदन झनै सहज हुने, सिडिएससी र बोर्डले गरे यस्तो निर्णय

बिहिबार, कार्तिक २३, २०७४

loading...


काठमाडौं  । सार्वजनिक निष्काशनलाई थप सरल, व्यवस्थीत र पारदर्शी बनाउनका लागि केन्द्रीय निक्षेप प्रणालीले तयार पारेको निर्देशिका स्वीकृत भएको छ । धितोपत्र बोर्डले “धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विधुतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४” लाई स्वीकृत गरेको हो । यसबाट सीआस्बालाई प्रविधिमैत्री बनाउँदै धेरै भन्दा धेरै लगानीकर्ता लाभान्वित हुने विश्वास बोर्ड तथा सिडिएससीले लिएका छन् ।

कात्तिक १९ गते आइतबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले २०७३ माघ देखि नै संगठित संस्थाको सार्वजनिक निष्काशनमा आवेदन गर्न चाहने लगानीकर्तालाई अनिवार्य रुपमा आस्वाबाट आवेदन गर्ने व्यवस्था गरेको थियो अहिले ७५ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका २ हजार ४ सय बढी शाखाहरुबाट यो सेवा प्रवाह भैरहेको छ ।

अहिले लगानीकर्ताले प्रयोग गरिरहेको आस्वालाई आधुनिक बनाउन सबै सरोकारवालाहरु धितोपत्र बजार, बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर र निक्षेप सदस्यहरुसँग अर्न्तक्रिया तथा छलफल गरी निर्देशिका परिमार्जन गरिएको बोर्डले जनाएको छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० बमोजिम बोर्डबाट निर्देशिका परिमार्जनको स्वीकृति प्रदान गरिएको बोर्डको भनाई छ ।

निर्देशिका परिमार्जन पश्चात निष्काशन तथा बिक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ गर्न सहज हुने अपेक्षा गरिएको छ । त्यसै गरी हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा एकरुपता कायम गर्ने उद्देश्यले निर्देशिका जारी गरिएको बताइएको छ ।

निर्देशिकामा भएका मुख्य व्यवस्थाहरु यस प्रकार छन् :

636458280698295727

– सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रक्रियालाई एक रुपता कायम गर्ने उद्देश्यले बैंक खाता र हितग्राही खाता रुजु गरी केन्द्रीकृत रुपमा प्रविष्टि गर्न मिल्ने, निष्काशन तथा विक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिति जाँचवुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्न सकिने, धितोपत्र बाँडफाँड गर्नको लागि अन्तिम विवरण तयार हुने लगायतका विशेषता भएको सी–आस्वा नामको सफ्टवेयर निर्माण गरी आस्वा सदस्यहरुलाई उपलब्ध गराउँनुपर्ने ।

– बैंक तथा वित्तीय संस्थाले सी–आस्वा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहकको बैंक खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सोको रिपोर्ट सफ्टवेयरमा प्रविष्टि गर्ने लगायतका कार्य गर्ने ।

– सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यमार्फत इन्टरनेटमार्फत आवेदन दिनसक्ने ।

– बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकममध्ये बाँडफाँड भएको शेयर बापतको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गर्ने । निष्काशन तथा बिक्री प्रबन्धकले सिडिएससिमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित ग्राहकको हितग्राही खातामा शेयर हस्तान्तरण गर्ने ।

– बोर्डबाट स्वीकृत केन्द्रीकृत विधुतीय सेवा कार्य सञ्चालन निर्देशिकाको कार्यान्वय पश्चात धितोपत्रको आवेदन लिने कार्य सरल र सहज हुनेछ । यसबाट धितोपत्रको आवेदन रद्द हुने सम्भावना समेत कम हुन गई धितोपत्रको बाँडफाँड समय बढीमा १५ दिन लाग्ने हुदाँ धितोपत्र सूचीकरण समयमै भई छिटो कारोबार योग्य हुनेछ। जसले लगानीकर्तालार्इ छोटो समयमा आफ्नो लगानीको प्रतिफल पाउन सक्ने अवस्था सृजना हुने बोर्डको अपेक्षा रहेको छ । मेराे लगानीबाट

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv