उपत्यकाका तीन जिल्लाका सिडियोको बैठक बस्दै

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । काठमाडौं उपत्यकाका सीडीओहरूको संयुक्त बैठक बस्दैछ । कोरोना भाइरस महामारीका कारण अस्तव्यस्तता सँगै व्यापारीहरुले लकडाउनको उलंघन गर्दै व्यापार व्यवसाय खुलाउन थालेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित व्यापारीहरुलाई समेत वार्ताका लागि बोलाइएको छ । बैठक जिल्ला समन्वय समिति काठमाडौंको हलमा बोलाइएको छ ।

व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । व्यापारीहरुले आजबाट पसलहरु खुला गरिसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments