निर्मला हत्याकाण्ड र सीसीटीभी क्यामेरा

आइतवार, भदौ ३१, २०७५



काठमाडौं । निर्मला हत्याकाण्ड लुकाउन खोजेको अर्को प्रमाण पनि फेला परेको छ ।
हत्याकाण्डसँगै भीमदत्त नगरपालिकाले बजारक्षेत्रको निगरानीका लागि जडित सीसीटीभी क्यामेरा अकस्मात बिग्रिएको पाइएको छ ।

नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका क्यामेरा एकै समयमा बिग्रिएको पाइएको छ । होटल ओपरा अगाडीको बाटोमा जडान गरिएको क्यामेरा बिगार्न अरु थप क्यामेरा पनि बिगारेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आपरा अगाडीको सडक निर्मलाको शव पाइएको स्थल जाने बाटोमा पर्छ ।

त्यो क्यामेराबाट को को गए कसरी शव ब्यवस्थापन भयो भन्ने थाहा हुन सक्थ्यो । १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आएको अध्ययनबाट देखिएको छ । तर, प्रारम्भिक अनुसन्धान भएकाले क्यामेरा पहिले नै बिग्र्रिका थिए वा हत्याकाण्ड थाहा नहोस भनेर चलाखी गरिएको हो भन्न नसकिने स्रोतले बताएको छ ।

378 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank