‘क्यारी लाम’बारे गलत समाचार सम्प्रेषण गरिएको चीनको दावी !

बिहिबार, कार्तिक ७, २०७६



एजेन्सी ।  चीनले बुधबार विभिन्न अंग्रेजी सञ्चारमाध्यमहरूमा हङकङका कार्यकारी प्रमुख क्यारी लामलाई हटाउन लागिएको भनेर प्रकाशित गरिएका समाचारलाई अस्वीकार गर्दै ‘राजनीतिक हल्ला’ को संज्ञा दिएको छ । चीनको विदेशमन्त्रालयले लण्डनबाट प्रकाशित हुने फाइनान्सीयल टाइम्समा प्रकाशित सो सम्बन्धी समाचारको कडा रुपमा खण्डन गरेको हो ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता हुआ चुन्यीङ्गले गलत उदेश्यका साथ राजनीतिक हल्ला चलाइएको टिप्पणी गरेकी छन् ।उनले केन्द्र सरकारले लामलाई दृढताका साथ समर्थन गरेको जनाएकी छन् ।

हङकङ सरकारले भने सो समाचारको बारेमा केहीपनि बताएको छैन । पछिल्लो समयमा आन्दोलन चर्किदै गएपछि कार्यकारी प्रमुख लाम निकै अलोकप्रिय रहँदै आएकी छन् । सुपुर्दगी सम्बन्धी विधेयक गएको जुनमा ल्याएपछि त्यहाँ आन्दोलन चर्किएकोमा सो विधेयक फिर्ता गर्दा पनि आन्दोलन अझै रोकिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments