कृतिम मृल्यबृद्धि गर्ने १५ तरकारी व्यापारीलाई कार्बाही

शुक्रबार, साउन ३, २०७६



काठमाडौं । तरकारीमा कृतिम मृल्य बृद्धि गर्दै सर्वसाधरणलाई ठगेको आरोपमा १५ जना व्यापारी कार्वाहीमा परेका छन ।

शुक्रबार विहान वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी र बल्खुका २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको थियो । विहान ४ बजे गरेको अनुगमनका क्रममा व्यापारीहरुले बिलबिजक बिना नै बिक्री वितरण गर्ने १५ जना व्यापारीलाई जरिवाना गरेको हो ।

असार अन्तिम सातामा आएको अविरल वर्षा र वाढीको कारण देखाउँदै व्यापारीहरुले अस्वभाविक मृल्य बृद्धि गरेको भन्ने गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी र बल्खुमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एक पसलबाट खरिद गरि अर्काे पसलले ५० रुपैंया नाफा खाएर विक्री वितरण गर्ने गरेको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए । उनका अनुसार खरिद–बिक्रीको बिलबिजक माग्दा धेरै व्यापारीसँग बिलबिजक भेटिएन । बिलबिजक बिनै कारोबार गर्दै आएका बल्खु र कालिमाटीका ११ व्यापारीलाई जरिवाना गरेका छौं उनले भने । व्यापारीलाई ५ हजार देखि २० हजारसम्म जरिवाना गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata