अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु, ९ घाइते

आइतवार, अशोज ५, २०७६



एजेन्सी । अमेरिकी राज्य साउथ क्यारोलिनामा गएराति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

स्थानीय समयानुसार रातको २ बजेर ४५ मिनेटको समयमा साउथ क्यारोलिनाको लानकास्टरस्थित हाइवे-५२१ सडक नजिकै रहेको वल्ड स्कुल स्पोर्ट्स बार र ग्रिल अन वर्ल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ।

घटनामा अन्य ९ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ४ जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata