कैलालीमा करेन्ट लागेर एक युवककाे ज्यान गयाे

आइतवार, जेष्ठ ११, २०७७



कैलाली । गौरीगंगा नगरपालिका-१ स्थित सृजना इँट्टा उद्योगमा काम गर्ने घोडागोडी नगरपालिका(१० बस्ने ३३ वर्षीय जवर सिँह चौधरीको करेन्ट लागेर शनिबार राति ज्यान गएकाे छ ।

 टिनले बारेको कच्ची घरमा अचानक करेण्ट सर्ट हुँदा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने सुजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments