कर्मचारीलाई दिपावली उपहार: फिक्स डिपोजिट र कार

शुक्रबार, कार्तिक ९, २०७५



सुरत । बितेको कैयौं बर्ष देखी आफ्नो कर्मचारीलाई खास उपहार दिदैं नाम कमाएका भारतीय हिरा व्यापारी सावजी ढोलकिया यस बर्ष झनै चम्कीने भएका छन । सन् २०१८ मा ढोलकियाले दिपावलीको अवसरमा आफ्ना ६ सय कर्मचारीलाई कार र ९ सय कर्मचारीलाई फिक्स डिपोजिटमा रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

विहिबार ढोलकियाले आफ्नो कम्पनी हरे कृणा एक्सपोर्टका ६ सय कर्मचारीलाई कारको साँचो हस्तान्तरण गरेका थिए । उनले बताए अनुसार कम्पनीमा रहेका ५५ सय कर्मचारीहरु मध्य ४ हजार कर्मचारीलाई कुनै न कुनै उपहार मिलिसकेको छ ।  सन् २०१६ मा आफ्ना कर्मचारीलाई ४ सय फल्याट र १२६० लाई कार उपहार दिएका थिए ।

त्यसै गरि सन् २०१५ मा ४९१ कार र २ सय फल्याट वितरण गरेका थिए । आफ्नो काकाबाट सामान्य लोन लिएर व्यापार सुरु गरेका ढोलकिया कर्मचारीलाई अत्यन्त सम्मान र हेरचाह गर्ने गरेका छन् । बजार मुल्य ४.४ र ५.३८ लाख मुल्य रहेका रेना क्विड र मारुती सुजुकी कारको साँचो प्रधानमन्त्री मोदीबाट ४ कर्मचारीलाई हस्तान्तरण गरि सकेका छन् ।

367 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank