रोकी राखेको ट्रकमा कार ठोक्कियो

मङ्लबार, बैशाख ३, २०७६



चितवन ।  भरतपुर महानगरपालिका–४ लङ्कुमा गएराति रोकी राखेको ट्रकमा कार ठोक्किदा  छ जना घाइते भएका छन् ।

रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले  बताएको छ ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank