प्रदेश-३ को राजधानी र नामबारे नेकपा संसदीय दलको ह्विप जारी

शुक्रबार, पुस २५, २०७६



काठमाडौँ । मुलुक सङ्घीयतामा गएको लामो समय सम्म पनि केही प्रदेशहरूले प्रदेशको राजधानी र नाम टुङ्ग्याउन सकिरहेका छैनन् ।  पछिल्लो समय प्रदेश सरकारको नाम र राजधानी गठनका बारेमा प्रदेश सरकारले आन्तरिक गृहकार्य थालेको भए पनि त्यसबारे नेकपाले ह्विप जारी गरिरहेको छ ।

सोही सन्दर्भमा प्रदेश नम्बर तीनको राजधानीको नाम बाग्मती र प्रदेश राजधानी हेडौंडा राख्न नेकपा संसदीय दलले निर्णय गरेको छ । प्रदेश नम्बर तीनको नेकपा संसदीय दलको शुक्रवार बसेको बैठकले प्रदेश-३ को नाम बाग्मती र राजधानी हेटौडा राख्ने निर्देशन दिँदै ह्विप जारी गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशन सँगे गरेको निर्णय प्रति केही सांसदहरूले भने असहमति जनाएका छन् । सात वटा प्रदेश मध्य हाल सम्म सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले  नाम र  राजधानीको टुङगो लगाएको भए पनि बाँकी प्रदेशहरुले अझै नाम र राजधानी टुङ्गाउन सकिरहेका छैनन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments