शीर छेदन गरी ४० सुरक्षाकर्मीको हत्या

आइतवार, चैत्र १३, २०७३



 फाईल तस्विर

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको हत्या गरेका छन् । शीर छेदन गरी क्रुरुर तरिकाले हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको वीवीसीले जनाएको छ । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो । उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् । कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank