‘क्यान’ निर्वाचनको मिति तय

सोमवार, भदौ ३०, २०७६



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचनको मिति तय भएको छ ।आइसिसीको प्रतिनिधि इमरान ख्वाजा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबीच भएको छलफलपछि क्यानको मिति तय गरिएको हो ।क्यानको निर्वाचन आगामी असोज १० र ११ का लागि तय गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले परिषद्को सहमति नलिई निर्वाचन गर्न खोजेको भन्दै निर्वाचन समिति राखपेको हुनुपर्ने तथा निर्वाचनका लागि २१ दिने सूचना चाहिने भनेपछि असोज ३ र ४ गते हुने निर्वाचन अन्योलमा परेको थियो ।

निर्वाचनमा विषयमा विवाद देखा परेपछि आइसिसीले छलफलका लागि प्रतिनिधी नेपाल पठाएको थियो ।

यसअघि पनि सरकारी हस्तक्षेपका कारण २०७३ बैशाख १३ मा आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । निलम्बन फुकुवाका लागि बारम्बार छलफल भयो र आइसीसीकै कार्यदिशामा केन्द्रिय निर्वाचन तोकिएको राखेपले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata