संस्कार बिर्से छोराछोरीले

आइतवार, चैत्र १८, २०७४

- बविता ढकाल



तपाई मध्ये कत्तिले आमालाई आमा र बुवालाई बुवा नै भनेर सम्वोधन गर्नुहुन्छ ? उत्तर सजिलै दिनुहोला । बुवाआमालाई बुवा आमा नभनेर अनि के भन्ने त ? तर शहरमा बुवा आमालाई बुवा–आमा भन्न छाडिएको छ । गाउँमा पनि त्यो सम्वोधन कम हुँदै गएको छ । काठमाडौंको केएमसी स्कूल पढ्न मोरङका ९ बर्षिया रीता निरौला हजुर बुवालाई बुवा भन्छन् हजुरआमालाई आमा । उनी आमालाई मम्मी भन्छन् बुवालाई ड्याडी । उनलाई आफ्नी आमालाई आम भन्न मन पर्दैन । बज्यैलाई बोलाउने सम्वोधन चै आमा हो । किन आमालाई मम्मी बज्यैलाई आमा भनेको नी ? निरौलाले उत्तर दिए ‘मम्मी ड्याडीले नै सिकाएउनु भएको हो । ’

परिवारभित्र गरिने नाता सम्वोधन अहिले संस्कार बनेको छ । स्कूलमा समेत नसिकाउने र साथीभाईले पनि शुद्ध नेपाली सम्वोधन नगर्दा बालवालिकाले बुवाआमा सम्वोधन गर्दैनन । कैलालीका (हाल काठमाडौं बस्ने) सरस्वती शाही ड्याडी मम्मी नभन्दा पाखे भइने डरले पनि बच्चालाई त्यही सिकाउने गरेको बताउँछिन् ।

शहरमा होस् या गाउँमा अहिले नाता अनुसारको सम्वोधन फेरिएको छ । बाजे बज्यै, काकाकाकी, फुपु फुपाजु, ठूलाबा, ठूलीआमा सम्वोधन कमै सुन्न पाइन्छ । त्यसमा कतै अंग्रेजी शब्द कतै नयाँ आधुनिक शब्द प्रयोगमा ल्याइन्छ । नातामा हामीले सम्बोधन गर्ने यीनै शब्दले नेपाली भाषामा थिखतरा रहेको भाषाविद् हरुको तर्क छ ।

साहित्यकार प्राध्याप डा. विष्णुराज आत्रेय अब आउने पुस्तामा आमाबुवा को हुन हजुर आमा हजुरबुवाको हुन् ? भन्ने समेत बिर्सिने खतरा बढेको बताउछन् । ‘आमालाई मम बुवालाई ड्याड भन्न थालेपछि आमाबुवा त हजुरबुवा आमालाई भन्ने पो रहेछ भन्ने स्थापित हुने खतरा छ ’ उनले भने, यसमा भाषविद्हरुले पनि बहस चलाउनुपर्ने देखिन्छ ।’

पछि बुवाआमा को हुन हजुरबुवा हजुरआमा को हुन् भन्ने वित्तिकै हाम्रो नेपाली लवज हराउँछ । त्यसले हाम्रो संस्कृतीमा असर गर्छ । हामी नेपालीको संस्कार मम ड्याड भन्ने होइन आमाबा नै भन्ने हो । आत्रय भन्छन्, ‘हाम्रो शिक्षानीतिनै कस्तो अचम्मको छ, हामी डग भनेर पढाउँछौं तर गड भनेर पढाउँदैनौं अब डग र क्याट भनेर पढाउँदा उनीहरुको स्वभावपनि पढाइन्छ ।

तीनीहरुको स्वभाव भनेको झगडालु हुन्छ । अब भन्नुस् साना नानीमा कस्तो असर पर्छ ?’ उनकाअनुसार, हाम्रो भाषा र संस्कृतीको जगेर्नाकालागि शिक्षानीतिमा परिवर्तन हुनु पर्छ अब त स्कुलमा अंग्रेजी कक्षाभन्दा बढी नेपाली कक्षा अनिवार्य भइसकेको छ ।

भाषाको परिवार हुन्छ । नेपालमा चार परिवारका लगभग १ सय ४३ भाषा बोलिन्छन् । ती सबै भाषाको मौलिकता कमजोर बन्दै गएको छ । नेपाली भाषाको वर्णविन्यासबारे अहिले पनि भाषविद्ले बहस गरिरहेका छन् । तर नाता शब्दमा बोलिने झर्रो नेपाली शब्द हुँदाहुँदै तिनीहरु विस्थापित हुनुलाई दुर्गभाग्य मान्छन् भाषाविद्हरु । अग्रेजी शब्दकोष, मोटर, रेडियो, टिभी, टेलिफोनलाई नेपालीमा तपाई के भन्नुहुन्छ ? सायद यसको नाम नेपालीमा भाषाशास्त्री वा भाषाविद्ले पनि भन्दैनन ।

सयभन्दा बढी शब्द छन् जो नेपाली नाम शब्दकोषमामात्रै सिमिति छ । घरभित्रगरिने नाता सम्बन्धको सम्वोधनका नेपाली शब्दपनि हराइसकेका छन् । भाषाविद् आत्रय भन्छन्, ‘छोराछोरी पनि टाडिदै गएभने बाआमालाई विर्सन्छन्, त्यस्तै हो भाषापनि जतिआफ्नो भाषा नबोल्यो त्यति नै विर्सदै जान्छ ।’

505 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank