क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

शुक्रबार, असार २०, २०७६



अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे ‘युएसजिएस’ का अनुसार क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिड्गेक्रेस्ट नगर केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा केही भवनमा क्षति पुगेको छ । केही ठाँउमा आगलागी भएको छ ।

भूकम्पको धक्का नेभादा राज्यको लास भेगासमा पनि महसुस भएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको दिन गएको भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ ।

भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् । जसबाट केही घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।क्षतिको पुर्ण विबरण भने आउन बाँकी छ ।

भूकम्प गएको स्थानमा उद्धार तथा राहतको काम जारी रहेको छ । क्यालिफोर्नियाको भूकम्पलाई पछिल्लो दुई दशक यताकै शक्तिशाली मानिएको छ । भुकम्पपछि १ सय ५९ वटा पराकम्प समेत गएको ‘युएसजिएस’ ले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank