आज पनि तोकिएन प्रदेश प्रमुख र अस्थायी राजधानी

मन्त्रिपरिषद बैठक

शुक्रबार, पुस २८, २०७४



काठमाडौं । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा आज बसेको मन्त्रीपरिषद बैठकले पनि निर्णय लिन सकेन । दलहरुबीच सहमति बन्न नसक्दा आज बसेको मन्त्रिपरिषद बैठकले पनि यसबारे ठोस निर्णय लिन नसके हो ।

यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए ।

सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

यस्ता छन् आजका निर्णय-

-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।


-२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।


-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।


-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।


-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।


-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।


-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

178 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank