संकटकाल घोषणा गर्ने सरकारको तयारी

आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै

आइतवार, साउन २९, २०७४

loading...


काठमाडौं । सरकारले देशभरी बाढी पहिरोमा परि ४९ जना भन्दा बढीको ज्यान गएपछि संकटकाल घोषणाको तयारी गरेको छ ।

यसका लागि आज साँझ पाँच बजे प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषदको आकास्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मन्त्रिपरिषदको बैठकले उद्धार तथा राहतको प्याकेज घोषणा गर्नेछ ।

यद्धपी संकटकाल घोषण भने आवश्यक मापदण्डका विषयमा छलफल भईरहेको उनले नेपालपाटीलाई जानकारी दिए । परियारका अनुसार संकटकाल घोषणाका लागि दैवी प्रकोपको खास सङ्ख्या मापदण्डको रुपमा तय हुन्छ । सो मापदण्ड पुगे नपुगेको बारेमा विश्लेषण गरेपछि मात्रै यस बारेमा निर्णय हुनले उनले बताए ।

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv