मन्त्रालयको संख्या बढ्यो, आजै मन्त्रिपरिषद विस्तार

शुक्रबार, चैत्र २, २०७४



काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाएका छन् । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सहमति भएपछि तीन मन्त्रालय थपिएका छन् ।

यसअघि १७ मन्त्रालय कायम भए पनि दुई दलको सहमतिपछि प्रधानमन्त्रीको कार्यालयसहित मन्त्रालयको संख्या २१ पुगेको हो । फोरमलाई सरकारमा सहभागी गराउन र दलहरुका बीचमा भागबण्डा मिलाउनका लागि मन्त्रालको संख्या बढाइएको हो ।

फुटाइएका मन्त्रालयमा शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा महिला, बालबालिका र जलश्रोत तथा उर्जा मन्त्रालय मन्त्रालय फुटाइएको हो । तीन मन्त्रालय फुटाएर शिक्षा र युवा तथा खेलकुद लाई छुट्टाछुट्टै मन्त्रालय बनाइएको छ भने महिला बालबालिका र श्रम तथा रोजगारलाई पनि छुट्टाछुट्टै बनाइएको छ । त्यस्तै जलस्रोत तथा उर्जा मन्त्रालय फुटाएर जलस्रोत तथा सिँचाइ र ऊर्जा मन्त्रालय कायम गरिएको छ ।

मन्त्रालय बढेसंगै आजै विस्तार हुने भएको छ । मन्त्रीहरुले बजे ४ बजे शपथ ग्रहण गर्ने छन् ।

सम्बन्धित समाचार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata