भागबण्डा मिलाउन नसक्दा मन्त्रालय बढाउँदै प्रधानमन्त्री ओली

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् । आयोगले सिफारिस गरेको संख्यालाई ध्यानमा राखेर संख्या बढाउने गरि उनले प्रशासनविद्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र सहयोगी टिममा छलफल गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णयगरिसेका छन् । तर, राष्ट्रिय जनता पार्टी र संघीय समाजबादी फोरम पनि सरकारमा सहभागि हुने भएपछि आफ्नै निर्णयमा पुर्नविचार गर्दै मन्त्रालयको संख्या बढाउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले १८ मन्त्रालयलाई बढाएर २१ पु¥याउने तयारी गरेका छन् । चैत २ गते शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । यसअघि छुट्टा–छुट्टै रुपमा अस्तित्वमा रहेका महत्वपूर्ण तीन मन्त्रालयलाई बढाउने तयारी भइरहेको छ । ‘अप्ठ्यारो अवस्थामा मन्त्राय बढाउन सकिने विषयमा छलफल सुरु भएको छ ’ प्रधानमन्त्री नजिकका एक नेताले भने, तर मन्त्रालय बढाउनमा पनि दुईदेखि तीन मन्त्रालय बढाउने र अहिले गाभ्दा अप्ठ्यारो परेका मन्त्रालयलाई नै छुट्टै कायम राखिनेछ । ’

राजपा र फोरमलाई २÷२ वटा मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी छ । प्र्रधानमन्त्रीसहित १८ मन्त्रालयको भागबण्डा यसअघि नै मिलिसकेको छ । तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने मन्त्रालयको संख्या नबढाई राजपा र फोरमलाई भाग दिने विषयमा छलफल भएको बताए । उनले एक एक वा दुई दुई मन्त्रालय कटाएर भाग लगाउने विषयमा छलफल भएको नेपालपाटीसँग दावी गरे ।

स्रोतले भने एक एक मन्त्रालय एमाले र माओवादीबाट घटाउने र एक एक थपेर २० वा २१ पुर्याउने तयारी भएको जानकारी दियो । फोरम नेपालले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलका नेताले नै बताउदै आएका छन् । एमाले, माओवादी, फोरम र राजपा मिलेर सरकार बन्दा दुई तिहाई भन्दा बढिको सरकार बन्नेछ ।

राजपा र फोरमसँग मन्त्रालयको संख्या र संविधान संसोधनमा सहमति खोज्न बुधवार पनि छलफल हुँदैछ ।

519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank