देउवाको मन्त्रिमंडलमा थपिए आठ मन्त्री

आइतवार, भदौ ४, २०७४

loading...


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमंडलमा थप आठ मन्त्री थपिएका छन् । आइतबार देउवाले आफ्नो मन्त्रिमण्डल विस्तार गरेका हुन् । अब मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आइतबार विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् ।

आज थपिएका मन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) रहेका छन् ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank