उर्जा क्षेत्रमा लगानी बढाउन १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रीपरिषदको निर्णय

शुक्रबार, असार ५, २०७७



काठमाडौं । असार २ गते बसेको मन्त्रीपरिषदको बैठकको निर्णयले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलताका अभिवृद्धि बढाउनका लागि विश्व वैंक अन्तरगर्तको अन्तराष्टिय विकास संस्था (आइडीए) अन्तरर्गत बजेटरी सहयोग प्रस्तावको रुपमा १० करोड अमेरिकी डलर करिब ११ अर्व सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता अर्थ एम सञ्चार मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी दिएका हुन ।  त्यसै गरि साना सिचाई आयोजना (दाेस्राे) चरण कार्यक्रम कार्यान्वयनका लागि अन्तर्गग स्वीरल्याण्ड सरकारको स्वीच बैंक मार्फत करिब दुइ अर्व, दुइ कराेड ४० लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको उक्त कार्यक्रमको खर्च हुन बाँकी रकम सम्बन्धित निर्वाचन क्षेत्रका स्थानीय तहमा गठित कोरोना नियन्त्रण कोषमा राख्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments