नयाँ नक्सा जारी भएसँगै, मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय

शुक्रबार, जेष्ठ ९, २०७७



काठमाडौं । मन्त्रीपरिषदले संविधान संशोधन पारित गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको  हाे । सरकारले नेपालको नयाँ नक्सा जारी गरिसके पश्चात  संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले नयाँ नक्सामा लिपुलेक,कालापानी र लिम्पीयाधुरा सहित नक्सा जारी गरेको छ ।

साथै सरकारले मुस्लिम धर्मालम्बीहरुको चाड इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments