लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने निर्णय मन्त्रीपरिषदद्वारा पारित

सोमवार, जेष्ठ ५, २०७७



काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले लिपुलेक र लिम्पियाधुरा भूमि समेटेर तयार पारेको नक्सा पारित नयाँ नक्सा  पारित गरेको छ ।

लामो समय देखी नेपाली भूमिमाथि भारतीय अतिक्रमण भएपछि सरकारले पहिलो पटक एेतिहासिक निर्णय गरेकाे हाे । मन्त्रीपरिषदको बैठकपछि मन्त्री योगेश भट्टराइले ट्विट मार्फत नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पान्नामा सुवर्ण अक्षरले लेखिने उल्लेख गरेका छन ।

उनले आजको मिति र निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भईरहने बताउँदै प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद  ज्ञापन समेत गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments