एक चौथाई कर्मचारीका साथ आइतबारदेखी सरकारी कार्यालय खोलिने

शनिबार, बैशाख २७, २०७७



काठमाडौं । आइतबार देखी सरकारी कार्यालयको कामकाज हुने भएको छ ।  कोरोना भाइरस महामारी प्रभावका कारण सरकारी कर्मचारीहरु घरमा बसिरहेका छन ।

कार्यालयको काम काज ठप्प हुँदा कयौं सरकारी कामकाज प्रभावित बनिरहेका छन । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरु मार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपालमा हाल सम्म १०९ जना कोरोना संक्रमित भेटिएका छन । जस मध्ये ३० जना संक्रमित निको भएर घर फर्किएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments