जेठ ५ गते सम्म लकडाउन थप्ने सरकारको निर्णय

बुधबार, बैशाख २४, २०७७



काठमाडौं । सरकारले १० दिन थप लकडाउन थप्ने निर्णय गरेको छ ।  गत चैत ११ गते देखि जारी लकडाउन पटक पटक समयावधी बढाइदै गएको हो ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले थप १० दिन समावधी थप गर्दै अागामी जेठ ५ गते सम्म जारी राख्रे निर्णय गरेको हो । काेराेना भाइरस महामारीका संक्रमित थपिदै गएकाले उक्त निर्णय गरेकाे एक मन्त्रीले बताएका छन । यस अघि बैशाख २५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे थियाे ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकले यस अघि लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएकाे थियाे । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गते सम्म बन्द गर्ने निर्णय पनि भएकाे बताइएकाे छ ।

 साथै सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमित कोरोना भाइरस विरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुहाेस

लकडाउन थप्ने नथप्नेबारे निर्णय हुँदै

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments