लकडाउन थप्ने नथप्नेबारे निर्णय हुँदै

बुधबार, बैशाख २४, २०७७



काठमाडौं । कोरोना भाइरस महामारीका कारण मुलुकमा गत चैत ११ गते देखी लकडाउन अपाइएको छ । आज बस्ने मन्त्रीपरिषदको बैठकले लकडाउन थप्ने वा नथप्नेबारे निर्णय गर्ने भएको छ ।

अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिइसकेको छ । समितिको सुझाव अनुसार कम्तिमा एक साता लकडाउन थपिने स्रोतले जनाएको छ ।

देशमा पछिल्लो समय कोरोना संक्रमित थपिदै गएकाले लकडाउनके विकल्प नरहेको एक मन्त्रीले जनाएका छन । लकडाउनका कारण मुलुकमा उधोगधन्दा,कलकारखाना,विदयालय, क्याम्पस लगायतका क्षेत्र ठप्प बनेका छन । लकडाउनका कारण सर्वसाधरणले सास्ती बेहोर्नु परेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments