बैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्रीपरिषदको निर्णय

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशन यहि बैशाख २६ गते बोलाउने निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार नै सरकारले अधिवेशन बोलाएको हो।  बजेट अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकजुट भएर जानु पर्नेमा मन्त्रीहरुलाई निर्देशन दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments