बिवादित दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

शुक्रबार, बैशाख १२, २०७७



काठमाडौं । सरकारले गत सोमबार पारित गरेका दुई वटा अध्यादेश फिर्ता लिने घोषणा गरेको छ । शुक्रबार बसेको् मन्त्रीपरिषदको बैठकले सोमबार परित गरेका राजनीतिक दल विभाजन सम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

अध्यादेशका बारेमा सत्तारुढ दल देखि विपक्षी दलहरुले विरोध जनाएपछि पारित भएका दुबै अध्यादे फिर्त लिने निर्णय गरेको हो । विहबार नेकपा सचिवालयको बहुमतको बैठकले विधेयक   लिनअल्टिमेटम दिएको थियो ।

अध्यादेशका बारेमा सत्तारुढ दल नेकपा भित्र र प्रतिपक्षदलहरुले फिर्ता लिन दबाब दिएपछि प्रधानमन्त्री ओलीले कानून व्यवसायी र सत्तारुढ दलको शिर्ष नेतृत्व सँग छलफल अघि बढाएका थिए । विश्वमा कोरोना भाइरस महामारीको अवस्थामा अध्यादेश मार्फत विवादीत विधेयक पारित गरेको भन्दै चर्काे आलोचना भइरहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments