राजनीतिक दल विभाजन गर्ने गरि अध्यादेश ल्याउने निर्णय

सोमवार, बैशाख ८, २०७७



काठमाडौं । सरकारले राजनीति दल विभाजन गर्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको छ ।  पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याउने निर्णय गरिएको बताइएकोछ ।

वर्तमान कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

तर सोमबार बसेको मन्त्रीपरिषदको बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था हुने निर्णय भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments