वैशाख तीन गते सम्मका लागि लकडाउन बढाइयो

सोमवार, चैत्र २४, २०७६



काठमाडौँ । आगामी वैशाख तीन गते सम्मका लागि लकडाउन बढाउने निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आगामी वैशाख तीन गते सम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो ।

यस अघि चैत ११ गते देखि १८ र १८ गते देखी २५ गते सम्मका लागि लकडाउन गर्ने सरकारले निर्णय गरेको थियो ।  कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले लकडाउन थप्ने निर्णय गरिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments