भारत र चीनका सीमा नाका बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

आइतवार, चैत्र ९, २०७६



काठमाडौं । मन्त्रीपरिषदको बैठकले कोरोना भाइरस संक्रमणबाट बच्न एक हप्ताका लागि चीन र भारतका नाका बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले सोमबार १० बजेबाट एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारको तर्फबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब उपलब्ध गराउने निर्णय भएको छ ।

साथै सरकारले कोषमा सहयोग गर्न अन्य सबै इच्छुकलाई आह्वान गर्ने निर्णयसमेत गरको छ ।  साथै औषधी,खाधान्न लगायतका अत्यावश्यक बस्तुको आयातमा कुनै समस्या नहुने व्यवस्था अपनाइएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments