मन्त्रीपरिषदको बैठकले आईजीपीकाे टुङ्गो लगाउन सकेन

सोमवार, माघ २७, २०७६



काठमाडौं । मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । सोमबार बसेको मन्त्री परिषद बैठकले आईजीपी नियुक्त गर्ने भनिए पनि निर्णय गर्न भने सकेन । हालका आईजीपी सर्वेन्द्र खनाल सहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले  अवकाश पाउँदै छन ।

खनालको अवकाशपछि वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल आईजीपी बन्ने दौडमा रहेका छन् । आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण  अवकाश पाउने भएका हुन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउने छन् ।

मन्त्रीपरिषदकाे बैठकले आईजीपीकाे निर्णय गर्न नसक्दा आईजीपीकाे बन्ने भन्ने अन्याैलता देखा परेकाे छ । आईजीपी बारे  मंगलबार बस्ने मन्त्रीपरिषदको बैठकले निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments