मन्त्रीपरिषद बैठक बस्दै

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भइ वालुवाटार फर्किए पश्चात आज मन्त्रीपरिषदको बैठक बस्दै छ ।  बैठक साँझ चार बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको हो ।

मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री बालुवाटार फर्के पनि नियमित काममा फर्किसकेका छैनन । मन्त्रीपरिषदको बैठकमा सरकारका पछिल्ला काम कार्बाही बारे छलफल हुने जनाइएको छ ।  आज नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेको छ ।

प्रचण्डको अध्यक्षमा बसेको बैठकमा पार्टी एकीकरणका बाँकी काम, उपचुनावको समीक्षा, पार्टी संयन्‍त्रको गतिशीलता, सरकारको प्रभावकारिता लगायतका एजेण्डामा छलफल भइरहेको सचिवालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments