प्रधानमन्त्रीको स्वास्थ्य जाँच लगत्तै मन्त्रीपरिषद बैठक शुरु

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिक्षण अस्पताल महाराजगंञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन ।  आइतबार प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेर आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकहरुसँग परार्मश लिएका हुन ।

स्वास्थ्य जाँच पछि बालुवाटार फर्के लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक शुरु भएको छ ।  गत बुधबार र बिहिबार ग्राण्डी अस्पतालमा मृगौंलाको डाइलासिस गरेका प्रधानमन्त्री ओली अस्वस्थ भएपनि नियमित कामकाज भने जारी राखेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata