प्रधानमन्त्रीले बोलाए भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, भदौ ९, २०७६



काठमाडौं । पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषदको बैठक बस्दै छ ।
नियमित स्वास्थ्य चेकजाँचका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषदको बैठक बोलाएका हुन ।

बैठक आइतबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फ्रेन्स मार्फत बस्न लागेको हो ।

सरकारले दैनिक प्रशासन सञ्चालनकाे निम्ति आवश्यक निर्देशन सहित नियमित काम कार्बाहीका बारेमा छलफल गर्दै निर्णय गर्ने कार्यतालिका अनुरुप नै मन्त्रीपरिषदको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था प्रतिकुल रहे पनि मुलुकको सु-सञ्चालनको निम्ति प्रविधिको अधिकतम प्रयोग गर्दै पहिलो पटक प्रधानमन्त्रीको भौतिक अनुपस्तिथिमा प्रविधि मार्फत उपस्थिती जनाउने यो बैठक उत्सुकता पूर्वक सम्पन्न हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata