तीन राज्य मन्त्री थपिदै को को ?

मङ्लबार, बैशाख २६, २०७४



काठमाडौं । सरकारबाट बाहिरिने बेला प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । आज थप तीन राज्यमन्त्री थपिँदैछन् । फोरम लोकतान्त्रिकबाट हिजो तीनजना मन्त्री थपिएकोमा आज राज्यमन्त्री मन्त्रिपरिषमा थपिन लागेका हुन् ।

राज्यमन्त्रीहरुको सपथग्रहण कार्यक्रम साँझ पाँच बजे तय भएको छ । हिजो सोमबार पार्टी अध्यक्ष समेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भुमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज फोरम लोकतान्त्रिकबाटै राज्यमन्त्रीहरु यशोदा लामा, सुमित्रा थारु, जनकराज चौधरी, कल्पना चौधरी, डा सुबोध पोख्रेल मध्ये तीन जना थपिन लागेका हुन् ।

1055 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank